२०८३, आश्विन १९ गते

images
  • समाचार
  • इशान पाण्डेको शानदार इनिङ्स, अमेरिकालाई ३१८...

इशान पाण्डेको शानदार इनिङ्स, अमेरिकालाई ३१८ रनको लक्ष्य

इशान पाण्डेको शानदार इनिङ्स, अमेरिकालाई ३१८ रनको लक्ष्य

शुक्रवार, जेठ ८ २०८३०२:२३
शुक्रवार, जेठ ८ २०८३०२:२३
  • images

    काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकासामु ३ सय १८ रनको विशाल लक्ष्य प्रस्तुत गर्दै एकदिवसीय क्रिकेटमा नयाँ इतिहास रचेको छ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान मा अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय १७ रनको उच्च योगफल तयार पारेको हो। यो नेपालले ओडीआई क्रिकेटमा बनाएको अहिलेसम्मकै दोस्रो ठूलो तथा घरेलु मैदानमा सर्वाधिक स्कोर हो। यसअघि नेपालले सन् २०२३ मा ओमानविरुद्ध ३ सय १० रन बनाएको थियो भने समग्र ओडीआईमा स्कटल्यान्डविरुद्ध ३ सय २१ रन बनाएको कीर्तिमान कायम छ।

    नेपालका लागि इशान पाण्डे ले उत्कृष्ट ब्याटिङ गर्दै सर्वाधिक ८४ रन बनाए। उनले ८३ बलमा ८ चौका र १ छक्का प्रहार गरे। कप्तान रोहित पौडेल सँग मिलेर उनले तेस्रो विकेटका लागि १ सय १० रनको महत्वपूर्ण साझेदारी गरे। रोहितले ५९ बलमा ४६ रन जोडे।

    ओपनर कुशल भुर्तेल र आशिफ शेख ले पहिलो विकेटका लागि ६९ रनको राम्रो सुरुआत दिलाएका थिए। कुशलले २९ तथा आशिफले ४३ रन बनाए।

    मध्यक्रममा दीपेन्द्र सिंह ऐरी ले आक्रामक इनिङ्स खेल्दै ३६ बलमा ५९ रन बनाए। उनले ४ चौका र ४ छक्का प्रहार गर्दै नेपालको स्कोरलाई विशाल योगफलतर्फ पुर्‍याए। गुल्सन झा ले १५ रन थपे भने सोमपाल कामी ५ रनमा रनआउट भए।

    अमेरिकाका लागि शुभम रन्जाने ले ३ विकेट लिए। रुसिल उगारकर र मिलिन्द कुमारले समान १–१ विकेट हात पारे।

    अब अमेरिकाले जितका लागि ३ सय १८ रनको कठिन लक्ष्य पछ्याउनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend