२०८३, आश्विन १९ गते

images

रक्तसञ्चार सेवाका लागि कामना सेवा विकास बैंकको सहयोग

रक्तसञ्चार सेवाका लागि कामना सेवा विकास बैंकको सहयोग

आइतवार, जेठ १० २०८३०२:२१
आइतवार, जेठ १० २०८३०२:२१
  • images

    काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व सीएसआर कार्यक्रमअन्तर्गत मोरङस्थित नेपाल रेडक्रस सोसाइटीलाई १० थान डोनर बेड हस्तान्तरण गरेको छ।

    बैंकको शाखा कार्यालय विराटनगरमार्फत प्रदान गरिएको उक्त सहयोग रक्तसञ्चार सेवाको प्रभावकारी सञ्चालन तथा गरिब एवं विपन्न बिरामीहरूलाई समयमै आवश्यक रगत उपलब्ध गराउने उद्देश्यले गरिएको जनाइएको छ।

    डोनर बेड हस्तान्तरण कार्यक्रममा बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले नेपाल रेडक्रस सोसाइटीका सभापति सुखदेव प्रसाद मण्डललाई सामग्री हस्तान्तरण गरेका थिए।

    कार्यक्रममा रेडक्रस सभापति मण्डलले बैंकप्रति धन्यवाद व्यक्त गर्दै यस सहयोगले रक्तदान कार्यक्रम सञ्चालन गर्न तथा रक्तदाताहरूलाई सहज वातावरण उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने बताए।

    बैंकका प्रदेश प्रमुख भुसालले मानव जीवन रक्षासँग प्रत्यक्ष रूपमा जोडिएको रक्तदान तथा रक्तसञ्चार सेवामा सहयोग गर्न पाउँदा बैंक गौरवान्वित भएको उल्लेख गरे। उनले सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको जानकारी दिए।

    रक्त संकलन सेवा सञ्चालनका क्रममा डोनर बेड अत्यावश्यक हुने भएकाले बैंकबाट प्राप्त सहयोगले सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।

    कार्यक्रममा बैंकका कर्मचारी, नेपाल रेडक्रस सोसाइटीका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend