२०८३, भाद्र १३ गते

images
  • समाचार
  • मन्त्रिपरिषद् बैठकका ४ निर्णयः नियुक्तीदेखि प्रतिवेदन...

मन्त्रिपरिषद् बैठकका ४ निर्णयः नियुक्तीदेखि प्रतिवेदन सार्वजनिकसम्म

मन्त्रिपरिषद् बैठकका ४ निर्णयः नियुक्तीदेखि प्रतिवेदन सार्वजनिकसम्म

images
सोमवार, जेठ ११ २०८३०५:१०
सोमवार, जेठ ११ २०८३०५:१०
  • काठमाडौँ । सोमबार बसेको मन्त्रिरिषद् बैठकले विभिन्न ४ वटा निर्णय गरेको पाइएको छ । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार आजको बैठकले ४ वटा निर्णय गरेको हो । 

    पहिलो निर्णय अन्तर्गत, अर्थ मन्त्रालयको प्रस्तावमा नेपाल-चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे-केरूङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र (Letter of Reply) स्वीकृत गरिएको छ।
     
    ​दोस्रो, कृषि, वन तथा वातावरण मन्त्रालयको निर्णय अनुसार आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धान बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको छ, जस अन्तर्गत मोटा धानको प्रति क्वीन्टल रू. ३,६६० र मध्यम धानको प्रति क्वीन्टल रू. ३,८६० तोकिएको छ।
     
    ​तेस्रो, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत सहकारीमा भएको वेथिति जाँचबुझ आयोग, २०८२ को प्रतिवेदनलाई सार्वजनिक गर्ने निर्णय भएको छ।
     
    ​चौथो, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव श्री मुकेश डंगोललाई नियुक्ति गर्ने निर्णय गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend