२०८३, आश्विन १९ गते

images
  • बिमा
  • अर्थ मन्त्रालयले माग्यो बीमा प्राधिकरण अध्यक्षका...

अर्थ मन्त्रालयले माग्यो बीमा प्राधिकरण अध्यक्षका लागि आवेदन

अर्थ मन्त्रालयले माग्यो बीमा प्राधिकरण अध्यक्षका लागि आवेदन

बुधवार, जेठ १३ २०८३०७:११
बुधवार, जेठ १३ २०८३०७:११
  • images

    काठमाडौँ । नेपाल सरकार अर्थ मन्त्रालयले नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा नियुक्तिका लागि आवेदन आह्वान गरेको छ ।

    अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै अध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो ।

    सूचनाअनुसार इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारमा आवेदन पेश गर्नुपर्नेछ । आवेदन पेश गर्दा व्यक्तिगत विवरणसहित आवश्यक कागजात संलग्न गर्नुपर्ने उल्लेख गरिएको छ ।

    मन्त्रालयका अनुसार आवेदनसम्बन्धी विस्तृत विवरण अर्थ मन्त्रालयको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको छ । थप जानकारीका लागि मन्त्रालयले सम्पर्क नम्बरसमेत सार्वजनिक गरेको छ ।

    नेपाल बीमा प्राधिकरणको नेतृत्व चयन प्रक्रिया अघि बढेसँगै बीमा क्षेत्रको नियामक निकायमा नयाँ नेतृत्व आउने तयारी भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend