२०८३, आश्विन १९ गते

images
  • समाचार
  • पूजाको अर्धशतकमा नेपालद्वारा चीनसामु १२६ रनको...

पूजाको अर्धशतकमा नेपालद्वारा चीनसामु १२६ रनको लक्ष्य

पूजाको अर्धशतकमा नेपालद्वारा चीनसामु १२६ रनको लक्ष्य

बुधवार, जेठ १३ २०८३०१:२७
बुधवार, जेठ १३ २०८३०१:२७
  • images

    काठमाडौं । महिला एसियन गेम्स क्रिकेट क्वालिफायर अन्तर्गत चीनविरुद्धको खेलमा नेपालले प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ। मलेसियाको क्वालालम्पुरस्थित बायमास ओभल क्रिकेट मैदानमा जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२५ रन बनाएको हो। अब चीनले जितका लागि १२६ रन बनाउनुपर्नेछ।

    टस जितेर पहिले ब्याटिङ रोजेको नेपालका लागि उपकप्तान पूजा महतोले उत्कृष्ट अर्धशतकीय इनिङ्स खेलिन्। उनले ५७ बलमा ६ चौका प्रहार गर्दै ६३ रन बनाइन्। कठिन परिस्थितिमा संयमित ब्याटिङ गरेकी पूजाले नेपालको इनिङ्स सम्हाल्ने काम गरिन्।

    नेपालका लागि रुवि पोद्धारले २२ रनको योगदान दिँदा सोनी पाख्रिनले १८ रन जोडिन्। अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्। मध्यम सुरुवात गरे पनि अन्तिम ओभरहरूमा नेपालले अपेक्षित गतिमा रन जोड्न सकेन।

    चीनका बलरमध्ये मा रिक सर्वाधिक सफल रहिन्। उनले दुई विकेट लिइन् भने वाङ हिइङ र ली जियापिङले समान एक–एक विकेट हात पारे।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend