२०८३, आश्विन १९ गते

images
  • अर्थतन्त्र
  • बजेट प्रस्तुतिपूर्व राष्ट्रपतिसँग अर्थमन्त्री वाग्लेको भेट,...

बजेट प्रस्तुतिपूर्व राष्ट्रपतिसँग अर्थमन्त्री वाग्लेको भेट, आर्थिक सर्वेक्षणसहित बजेटबारे जानकारी

बजेट प्रस्तुतिपूर्व राष्ट्रपतिसँग अर्थमन्त्री वाग्लेको भेट, आर्थिक सर्वेक्षणसहित बजेटबारे जानकारी

बिहिवार, जेठ १४ २०८३०७:२६
बिहिवार, जेठ १४ २०८३०७:२६
  • images

    काठमाडौँ । माननीय अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्षको बजेटबारे जानकारी गराएका छन् ।

    बिहीबार अपरान्ह राष्ट्रपति कार्यालय शितल निवास पुगेर उनले आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) बारे राष्ट्रपतिज्यूलाई जानकारी गराएका हुन् ।

    भेटमा अर्थमन्त्री डा.वाग्लेले संसद्मा पेस गरेकाे आर्थिक सर्वेक्षण २०८२/८३ र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन पनि राष्ट्रपतिज्यूलाई हस्तान्तरण गरे ।
      
    अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भोली (जेठ १५ गते शुक्रबार) अपरान्ह ४ बजे संसदको संयुक्त सदनमा सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै छन् । बजेट निर्माण प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend