२०८३, आश्विन १९ गते

images
  • समाचार
  • तीन वर्षभित्र १० फुटबल रंगशालामा फ्लडलाइट,...

तीन वर्षभित्र १० फुटबल रंगशालामा फ्लडलाइट, ८ हजार दर्शक क्षमता बनाइने

तीन वर्षभित्र १० फुटबल रंगशालामा फ्लडलाइट, ८ हजार दर्शक क्षमता बनाइने

शुक्रवार, जेठ १५ २०८३०६:१३
शुक्रवार, जेठ १५ २०८३०६:१३
  • images

    काठमाडौं । सरकारले आगामी तीन वर्षभित्र देशका १० वटा फुटबल रंगशालालाई फ्लडलाइटसहित स्तरोन्नति गर्ने घोषणा गरेको छ।

    आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कम्तीमा ८ हजार दर्शक क्षमता भएका फुटबल रंगशालालाई आधुनिक पूर्वाधारसहित स्तरोन्नति गरिने बताए।

    सरकारले खेलकुद पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्दै प्रमुख आठ शहरमा आगामी पाँच वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने योजना पनि अघि सारेको छ।

    त्यसैगरी विराटनगर, लहान, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र धनगढीको फाप्लामा कम्तीमा २ हजार दर्शक क्षमता भएका इन्डोर मल्टिपर्पोज स्टेडियम आगामी तीन वर्षभित्र निर्माण गरिने बजेटमा उल्लेख छ।

    मुलपानी क्रिकेट रंगशाला तथा क्रिकेट एकेडेमी, गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला र कैलालीको फाप्ला रंगशालाको निर्माण अघि बढाउन डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तय गरिने भएको छ।

    सरकारले खेल प्रतिभा विकासका लागि विशेष रुचि र क्षमता भएका विद्यार्थीलाई आधारभूत तहदेखि नै छनोट गरी आवासीय सुविधासहित प्रशिक्षण दिने व्यवस्था मिलाउने जनाएको छ।

    अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीलाई अवकाशपछि सम्मानजनक जीवनयापनका लागि आजीवन निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिने पनि बजेटमा घोषणा गरिएको छ।

    यस्तै सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्न तथा मधेश प्रदेशमा प्रस्तावित ११औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पनि बजेट विनियोजन गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend