२०८३, आश्विन १९ गते

images

रुसले युक्रेनमा गर्‍यो भीषण हमला

रुसले युक्रेनमा गर्‍यो भीषण हमला

मंगलवार, जेठ १९ २०८३११:४०
मंगलवार, जेठ १९ २०८३११:४०
  • images

    सोमबार राति रुसले युक्रेनका धेरैवटा सहरमा भीषण आक्रमण गरेको छ। जसमा परी अहिलेसम्म ५ जनाको मृत्यु र ४५ जना घाइते भएको रिपोर्ट बीबीसीले गरेको छ।

    रुसले गरेको हमलामा युक्रेनको डिनिप्रोमा ४ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। यस्तै युक्रेनको राजधानी किएभमा एक जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन्।

    गत हप्ता रुसले निरन्तर आक्रमण गरिने चेतावनी दिएको थियो।यो चेतावनी गत महिना युक्रेनले रुसको कब्जामा रहेको एक होस्टेलमा ड्रोन आक्रमण गरेपछि दिइएको थियो, जसमा २१ जनाको मृत्यु भएको थियो।

    किएभका मेयर भिटाली क्लिट्स्कोले मानिसहरूलाई आश्रयस्थलमा बस्न आग्रह गरेका छन्। किएभ सहर सैन्य प्रशासनका प्रमुख तैमुर तकाचेन्कोले भने, ‘शत्रुले ब्यालिस्टिक मिसाइलले आक्रमण गरिरहेको छ।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend