२०८३, भाद्र १३ गते

images
  • समाचार
  • मन्त्रिपरिषद् बैठकका ४ निर्णयः नियुक्तीदेखि जाँचबुझ...

मन्त्रिपरिषद् बैठकका ४ निर्णयः नियुक्तीदेखि जाँचबुझ आयोगको म्याद थपसम्म

मन्त्रिपरिषद् बैठकका ४ निर्णयः नियुक्तीदेखि जाँचबुझ आयोगको म्याद थपसम्म

images
मंगलवार, जेठ १९ २०८३०१:२३
मंगलवार, जेठ १९ २०८३०१:२३
  • काठमाडौँ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ४ वटा निर्णय गरेको पाइएको छ । मंगलबार दिउँसो सिंहदरबारमा बसेको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मीत पोखरेलले जानकारी दिए । 

    उनका अनुसार आजको बैठकले नियुक्तीदेखि जाँचबुझ आयोगको म्यादथप सम्मका निर्णय गरेको छ । 

    १. युनाइटेड नेसन्स इन्भाइरोमेन्ट प्रोग्राम (UNEP) बाट ओजन तहलाई हानी पुर्‍याउने पदार्थको व्यवस्थापन र न्यूनीकरणसम्बन्धी मन्ट्रियल प्रोटोकलको कार्यान्वयनसम्बन्धी सम्झौता स्वीकृत गर्ने ।

    २. सशस्त्र प्रहरीका डीआईजी अञ्जनीकुमार पोखरेललाई (AIG) पदमा बढुवा गर्ने।
    ३. २०८० साल भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा भएको घटनाको जाँचबुझ गर्न गठित आयोगले पेश गरेको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित अध्ययन समितिको कार्यअवधि ४५ दिनले थप गर्ने ।

    ४. भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा बलभद्र बास्तोला (कास्की) तथा सदस्य पदमा अमीरप्रसाद न्यौपाने (काठमाडौँ), पद्मनीति सोती (लमजुङ) र डा. रोहना श्रेष्ठ (काठमाडौं) लाई नियुक्ति गर्ने।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend