२०८३, आश्विन १९ गते

images
  • समाचार
  • रवि लामिछाने र भारतीय गृहमन्त्री अमित...

रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच भेटवार्ता हुँदै

रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच भेटवार्ता हुँदै

मंगलवार, जेठ १९ २०८३०४:०४
मंगलवार, जेठ १९ २०८३०४:०४
  • images

    काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच आज नयाँ दिल्लीमा भेटवार्ता हुने भएको छ।

    भेटवार्तामा नेपाल–भारत सम्बन्ध, आपसी हितका विषय, लोकतान्त्रिक अभ्यास, सीमा तथा सुरक्षा सहकार्य, क्षेत्रीय स्थायित्व र दुई देशका राजनीतिक दलहरूबीच संवाद तथा सहकार्य विस्तारका विषयमा छलफल हुने जनाइएको छ।

    भारत भ्रमणका क्रममा लामिछानेले आजै भारतीय जनता पार्टी (भाजपा) को केन्द्रीय मुख्यालयको अवलोकन गरेका थिए। सो अवसरमा उनले भाजपा अध्यक्ष नीतिन नवीनसँग भेटवार्ता गर्दै दुई देशका राजनीतिक दलहरूबीचको सम्बन्ध, अनुभव आदानप्रदान तथा लोकतान्त्रिक अभ्यासबारे विचारविमर्श गरेका थिए।

    रास्वपाका सभापति लामिछाने पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार पाँचदिने भारत भ्रमणका लागि नयाँ दिल्ली पुगेका हुन्। उनको भ्रमणलाई नेपाल–भारत राजनीतिक सम्बन्ध तथा दलगत तहको कूटनीतिक संवादलाई थप सुदृढ बनाउने प्रयासका रूपमा हेरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend