२०८३, आश्विन १९ गते

images
  • समाचार
  • हिमालय एयरलाइन्सले सुरु गर्‍यो काठमाडौँ–शेन्जेन सिधा...

हिमालय एयरलाइन्सले सुरु गर्‍यो काठमाडौँ–शेन्जेन सिधा उडान

हिमालय एयरलाइन्सले सुरु गर्‍यो काठमाडौँ–शेन्जेन सिधा उडान

शुक्रवार, जेठ २२ २०८३११:३१
शुक्रवार, जेठ २२ २०८३११:३१
  • images

    काठमाडौँ । नेपालको एकमात्र निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालयन एयरलाइन्सले नेपाल र चीनबीचको हवाई सम्पर्क विस्तार गर्दै काठमाडौँ–शेन्जेन–काठमाडौँ सिधा उडान सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। जुन ४, २०२६ देखि सुरु भएको यो सेवा नेपालको नागरिक उड्डयन इतिहासमा नयाँ उपलब्धिका रूपमा हेरिएको छ।

    चीनको प्रविधि तथा नवप्रवर्तन केन्द्रका रूपमा परिचित शेन्जेनसँग नेपाललाई सिधा हवाई मार्गबाट जोड्ने यो पहिलो नियमित सेवा हो। हिमालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र शेन्जेनस्थित शेन्जेन बाओ’आन अन्तर्राष्ट्रिय विमानस्थलबीच सातामा दुईवटा सिधा उडान सञ्चालन गर्ने जनाएको छ।

    हिमालय एअरलाइन्सको पहिलो काठमाडौँ–शेन्जेन उडान ९८ यात्रुसहित बिहीबार राति काठमाडौँबाट प्रस्थान गरी शुक्रबार बिहान शेन्जेन पुगेको थियो। त्यसैगरी, शेन्जेनबाट फर्किएको पहिलो उडान १५७ यात्रुसहित काठमाडौँ अवतरण गरेको कम्पनीले जनाएको छ।

    नयाँ तालिकाअनुसार काठमाडौँबाट शेन्जेनका लागि प्रत्येक मङ्गलबार र बिहीबार उडान हुनेछ भने शेन्जेनबाट काठमाडौँका लागि बुधबार र शुक्रबार नियमित सेवा सञ्चालन गरिनेछ।

    एअरलाइन्सका अनुसार नयाँ गन्तव्य थपिएसँगै नेपाल र चीनबीचको पर्यटन, व्यापार, लगानी तथा जनस्तरीय सम्बन्ध थप सुदृढ हुने अपेक्षा गरिएको छ। विशेषगरी चीनको ‘सिलिकन भ्याली’ मानिने शेन्जेनसँगको प्रत्यक्ष हवाई सम्पर्कले व्यवसायिक यात्रु, लगानीकर्ता तथा पर्यटकलाई सहजता प्रदान गर्ने विश्वास लिइएको छ।

    कम्पनीले यात्रुहरूलाई सुरक्षित, भरपर्दो र गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता दोहोर्‍याउँदै यस उडानले नेपाल–चीन हवाई सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend