२०८३, आश्विन १९ गते

images
  • स्थानीय
  • वीरगंजका मेयरसहित ७ जना विरुद्ध भ्रष्टाचार...

वीरगंजका मेयरसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा

वीरगंजका मेयरसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा

सोमवार, जेठ २५ २०८३०४:४५
सोमवार, जेठ २५ २०८३०४:४५
  • images

    काठमाडौँ । वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह सहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर भएकोछ  । 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार मेयर सिंह सहित वडा नम्बर ३ का तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन वडा सदस्य तुफैल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय पसौका तत्कालीन प्रशासकीय अधिकृत षङकुमार पोख्रेल, गृह मन्त्रालयका तत्कालीन उपसचिव पुस्कर राना र शाखा अधिकृत पर्शुराम पोखरेल र सिन्धुपाल्चोक इन्द्रावती गा पा वडा नम्बर १० की रिटा भट्टराई विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

    उनीहरु विरुद्द भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा९, ११, दफा १२ र दफा १९ को उपदफा २ बमोजिमको कसुरजन्य कार्यको नगदी जिन्सी जा अन्य कुनै सुविधा वा लाभ उपलब्ध गराइदिने वा आफूले लिने मतियार भई सोही ऐनको दफा २२ बमोजिमको कसुर गरेको पुष्टि हन आएकोले सोही ऐनका दफा ९, दफा १२ र दफा १९ को अपदफा २ बमोजिम हुने सजायलाई आधारमानी सोही ऐनको दफा २२ बमोजिम मुख्य कसुरदारसरह सजाय हुने मागदाबी गरेको आयोगले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 

    केही दिन अघि सोही प्रकरणमा प्रहरीले मेयर सिंहलाई पक्राउ गरेको थियो । उनी धरौटी रकम बुझाएर सिहा भएका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend