२०८३, आश्विन १९ गते

images
  • समाचार
  • बर्डफ्लु नियन्त्रणका लागि १० जिल्लामा सात...

बर्डफ्लु नियन्त्रणका लागि १० जिल्लामा सात लाख पन्छी नष्ट, किसानलाई क्षतिपूर्ति दिने तयारीमा सरकार

बर्डफ्लु नियन्त्रणका लागि १० जिल्लामा सात लाख पन्छी नष्ट, किसानलाई क्षतिपूर्ति दिने तयारीमा सरकार

सीएनएन खबर
सोमवार, आषाढ १ २०८३०६:५८
सीएनएन खबर
सोमवार, आषाढ १ २०८३०६:५८
  • images

    काठमाडौँ । पशुसेवा विभागले काठमाडौँ उपत्यकालगायत बर्डफ्लु पुष्टि भएका १० जिल्लामा करिब सात लाख पन्छी नष्ट गरेको जनाएको छ । प्रभावित क्षेत्रमा रोग नियन्त्रण गर्न पन्छीसहित करिब तीन लाख किलो दाना नष्ट गरिएको हो ।

    काठमाडौँ, ललितपुर, भक्तपुर, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा देखिएको रोगलाई अन्यत्र फैलिन नदिन सम्बन्धित जिल्लामा ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन गरिएको विभागका महानिर्देशक डा उमेश दाहालले जानकारी दिए ।

    बर्डफ्लुको खोप विकास नभएकाले सङ्क्रमण देखिनासाथ पन्छी तथा पन्छीजन्य उत्पादन नष्ट गरिएको हो । करिब ११ लाख अण्डा नष्ट गरिएको छ । सम्बन्धित किसानलाई नष्ट गरिएका पन्छीको नोक्सानीको मूल्याङ्कन गरी क्षतिपूर्ति उपलब्ध गराइने उनले बताए । 

    प्रभावित क्षेत्रका जिल्ला प्रशासन कार्यालयमार्फत किसानको नोक्सानीको मूल्याङ्कन गरी विवरण तयार गरी विभागमा विवरण पठाइने छ । त्यसका आधारमा विभागले सम्बन्धित प्रदेश सरकारसँग समन्वय गरी क्षतिपूर्ति उपलब्ध गराइने जनाइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend