२०८३, आश्विन १९ गते

images
  • स्थानीय
  • मधेस प्रदेश सरकारले बढायो कर्मचारीको तलब,...

मधेस प्रदेश सरकारले बढायो कर्मचारीको तलब, कार्यसम्पादनमा थप १० प्रतिशत भत्ता

मधेस प्रदेश सरकारले बढायो कर्मचारीको तलब, कार्यसम्पादनमा थप १० प्रतिशत भत्ता

सोमवार, आषाढ १ २०८३०३:३६
सोमवार, आषाढ १ २०८३०३:३६
  • images

    काठमाडौँ । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ देखि प्रदेशका सरकारी कर्मचारीको तलब १० प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ।

    सोमबार प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज भट्टराईले प्रदेश सरकारअन्तर्गत कार्यरत कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि गरिने जानकारी दिएका हुन्।

    अर्थमन्त्री भट्टराईका अनुसार कर्मचारीको मनोबल उच्च बनाउने तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन तलब वृद्धिको व्यवस्था गरिएको हो। यससँगै कार्यसम्पादन मूल्याङ्कनका आधारमा कर्मचारीलाई थप १० प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराइने व्यवस्था पनि बजेटमा समावेश गरिएको छ।

    प्रदेश सरकारले कर्मचारीको कार्यक्षमता, उत्तरदायित्व र सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यले कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणाली लागू गर्न लागेको जनाएको छ।

    सरकारको यो घोषणाले प्रदेशका सरकारी कर्मचारी प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ। बजेट वक्तव्यमा कर्मचारीको क्षमता विकास, सेवा प्रवाहको गुणस्तर अभिवृद्धि तथा प्रशासनिक सुधारलाई समेत प्राथमिकतामा राखिएको उल्लेख छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend