२०८३, आश्विन १९ गते

images
  • बैंक बित्त
  • कुमारी बैंकलाई अन्तर्राष्ट्रिय ‘इन्फोसिस फिन्याकल इनोभेसन...

कुमारी बैंकलाई अन्तर्राष्ट्रिय ‘इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड २०२६’ मा प्ल्याटिनम सम्मान

कुमारी बैंकलाई अन्तर्राष्ट्रिय ‘इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड २०२६’ मा प्ल्याटिनम सम्मान

सीएनएन खबर
सोमवार, आषाढ १ २०८३०४:३७
सीएनएन खबर
सोमवार, आषाढ १ २०८३०४:३७
  • images

    काठमाडौं । कुमारी बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड्स २०२६’ अन्तर्गत ‘बिजनेस मोडेल इनोभेसन’ विधामा उच्चतम श्रेणीको प्ल्याटिनम अवार्ड प्राप्त गर्दै सम्मानित भएको छ।

    बैंकले ग्राहक पहिचान तथा अनुपालन प्रक्रिया (केवाईसी वर्कफ्लो कम्प्लायन्स) सम्बन्धी नवप्रवर्तनात्मक प्रणाली सफलतापूर्वक कार्यान्वयन गरेबापत उक्त अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको जनाएको छ।

    विश्वभरका बैंक तथा वित्तीय संस्थाहरूका उत्कृष्ट नवप्रवर्तन र रूपान्तरणका अभ्यासलाई सम्मान गर्न इन्फोसिस फिन्याकलद्वारा हरेक वर्ष आयोजना गरिने यस अवार्ड कार्यक्रममा यस वर्ष ९ वटा विभिन्न विधामा ५०० भन्दा बढी आवेदन परेका थिए। तीमध्ये कुमारी बैंकले आफ्नो उन्नत केवाईसी कार्यप्रवाह अनुपालन प्रणालीमार्फत उत्कृष्ट प्रदर्शन गर्दै प्ल्याटिनम सम्मान हासिल गरेको हो।

    बैंकका अनुसार उक्त प्रणालीले ग्राहक पहिचान प्रक्रियालाई थप छरितो, सुरक्षित र प्रभावकारी बनाउनुका साथै नियामकीय मापदण्डहरूको पूर्ण पालना सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ। साथै, डिजिटल प्रविधिको प्रभावकारी प्रयोगमार्फत सेवा प्रवाहलाई पारदर्शी, सहज र भरोसायोग्य बनाउन पनि मद्दत पुगेको छ।

    कुमारी बैंकले यस अन्तर्राष्ट्रिय उपलब्धिलाई बैंकको नवप्रवर्तन, प्रविधिमैत्री सेवा र ग्राहककेन्द्रित रणनीतिको विश्वस्तरीय मान्यताका रूपमा लिएको जनाएको छ।

    बैंकले आगामी दिनमा पनि डिजिटल बैंकिङ समाधानको दायरा विस्तार गर्दै ग्राहकलाई अझ सुरक्षित, सहज, विश्वसनीय तथा उत्कृष्ट बैंकिङ अनुभव प्रदान गर्न निरन्तर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend