२०८३, आश्विन १९ गते

images
  • खेलकुद
  • एम्बाप्पेको दोहोरो गोलमा फ्रान्सको शानदार जित,...

एम्बाप्पेको दोहोरो गोलमा फ्रान्सको शानदार जित, सेनेगल ३–१ ले पराजित

एम्बाप्पेको दोहोरो गोलमा फ्रान्सको शानदार जित, सेनेगल ३–१ ले पराजित

सीएनएन खबर
बुधवार, आषाढ ३ २०८३०६:३२
सीएनएन खबर
बुधवार, आषाढ ३ २०८३०६:३२
  • images
     
    काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज सम्पन्न समूह ‘आई’को खेलमा फ्रान्सले सेनेगलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । 
     
    अमेरिकाको न्यूयोर्कस्थित न्यू जर्सी रङ्गशालामा भएको खेल पहिलो हाफ बराबरीमा टुङ्गिए पनि दोस्रो हाफमा भने दुवैतर्फबाट कूल चार गोल भए । 
     
    खेलको ६६औँ मिनेटमा फ्रान्सका लागि किलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाए भने खेलको ८२औँ मिनेटमा ब्राड्ली बारकोलाले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए । 
     
    दोस्रो हाफको अतिरिक्त समयमा सेनेगलका लागि सान्त्वना गोल इब्राहिम एम्बायेले गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । यद्यपि त्यसको अर्को मिनेटमा फ्रान्सका लागि एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३–१ मा पु¥याए । 
     
    समूह ‘आई’ अन्तर्गत आजै नर्वे र इराक ९नेपाली समय ३ः४५ बजे०  भिड्दैछन् । साथै समूह ‘जे’अन्तर्गत अर्जेन्टिना र अल्जेरिया ९नेपाली समय ६ः४५० तथा अष्ट्रिया र जोर्डन ९नेपाली समय ९ः४५० भिड्दैछन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend