२०८३, श्रावण २५ गते

images

हेल्पिङ ह्यान्डस बाल गृहलाई कामना सेवा विकास बैंकद्वारा वाटर डिस्पेन्सर सहयोग

हेल्पिङ ह्यान्डस बाल गृहलाई कामना सेवा विकास बैंकद्वारा वाटर डिस्पेन्सर सहयोग

images
बिहिवार, आषाढ ४ २०८३१२:४६
बिहिवार, आषाढ ४ २०८३१२:४६
  • काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत हेल्पिङ ह्यान्डस बाल गृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ।

    बैंकको नख्खु शाखा कार्यालयमार्फत नागार्जुन नगरपालिका–स्थित हेल्पिङ ह्यान्डस बाल गृहलाई उक्त सहयोग प्रदान गरिएको हो। बैंकका काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्माले बाल गृहकी प्रतिनिधि सृजना नेपालीलाई वाटर डिस्पेन्सर हस्तान्तरण गर्नुभयो।

    बाल गृहमा आश्रित बालबालिकाहरूलाई स्वच्छ तथा सुरक्षित खानेपानीको पहुँच सहज बनाउने उद्देश्यले वाटर डिस्पेन्सर उपलब्ध गराइएको बैंकले जनाएको छ। यस सहयोगले बालबालिकाहरूको दैनिक जीवनयापनमा सकारात्मक योगदान पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।

    कार्यक्रममा बाल गृहकी सृजना नेपालीले बालबालिकाको आवश्यकतालाई सम्बोधन गर्न सहयोग गरेकोमा कामना सेवा विकास बैंकप्रति आभार व्यक्त गर्नुभयो। उहाँले यस्ता सामाजिक सहयोगले संस्थालाई आफ्ना सेवा तथा गतिविधि अझ प्रभावकारी रूपमा सञ्चालन गर्न मद्दत पुग्ने बताउनुभयो।

    कार्यक्रममा बैंकका कर्मचारीहरू तथा हेल्पिङ ह्यान्डस बाल गृहमा आश्रित बालबालिकाहरूको उपस्थिति रहेको थियो।

    कामना सेवा विकास बैंकले आगामी दिनमा पनि सरोकारवालासँगको सहकार्य र समन्वयमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

    प्रतिक्रिया
    भर्खरै
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend