२०८३, आश्विन १९ गते

images
  • स्थानीय
  • काठमाडौं महानगरको २५ अर्ब ८८ करोडको...

काठमाडौं महानगरको २५ अर्ब ८८ करोडको बजेट प्रस्ताव, पूर्वाधार विकासलाई सबैभन्दा बढी प्राथमिकता

काठमाडौं महानगरको २५ अर्ब ८८ करोडको बजेट प्रस्ताव, पूर्वाधार विकासलाई सबैभन्दा बढी प्राथमिकता

सीएनएन खबर
बिहिवार, आषाढ ४ २०८३०५:५५
सीएनएन खबर
बिहिवार, आषाढ ४ २०८३०५:५५
  • images

    काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैया सञ्चित कोषमा व्ययभार पर्ने ७५ करोड रुपैया अन्य वाह्य व्ययभार हुने गरी कुल २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाको अनुमानित बजेट पेश गरेको छ । 

    काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८४–०८५ को बजेट सार्वजनिक गर्दै कार्यबाहक मेयर सुनिता डंगोलले यस्तो उल्लेख गरिन ।

    ‘आगामी आर्थिक वर्षको लागि सन्चित कोषमा २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैया जम्मा हुने अनुमान गरिएको छ,’ आज बजेट भाषण गर्दै कार्यबाहक मेयर डंगोलले बजेटमा उल्लेख गरेको बारे भनिन, ‘जसमध्ये काठमाडौँ महानगरपालिकाको आन्तरिक आय र बैँक मौज्दात गरी कुल २० अर्ब १८ करोड ६३ लाख २९ हजार रुपैयाँको स्रोत व्यवस्थापन हुने अनुमान गरिएको छ भने नेपाल सरकार तथा प्रदेश सरकारवाट शसर्त, समानीकरण, राजश्व वाँडफाँडवाट प्राप्त हुने अनुदान ४ अबै ९३ करोड ६७ लाख २६ हजार रुपैयाको स्रोत अनुमान गरिएको छ । त्यसैगरी जनसहभागिता वापत रु १ करोडको श्रोत प्राप्त हुने अनुमान गरिएको छ ।’ 

    उनले क्षेत्रगत रुपमा हेर्दा प्रस्तुत वजेट तथा कार्यक्रम अन्तर्गत आर्थिक विकास क्षेत्रमा कुल वजेटको २.१ प्रतिशत अर्थात् ५४ करोड १८ लाख २० हजार रुपैयाँ प्रस्ताव गरिएको छ । सामाजिक विकास क्षेत्रमा ९.६ प्रतिशत अर्थात् २ अर्ब ४२ करोड २७ लाख ३१ हजार रुपैया प्रस्ताव गरिएको छ । पूर्वाधार विकास क्षेत्रतर्फ ६१ प्रतिशत अर्थात् १५ अरव ३१ करोड ६७ लाख ४८ हजार रुपैयाँ रहेको छ । 

    सुशासन तथा अन्तरसम्वन्धित क्षेत्रतर्फ ८.५ प्रतिशत अर्थात् २ अरव १३ करोड ४७ लाख ९२ हजार प्रस्ताव गरिएको छ त्यसैगरी कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ १८.८ प्रतिशत अर्थात् ४ अरव ७१ करोड ६९ लाख ६४ हजार रुपैया प्रस्ताव गरिएको छ ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend