२०८३, आश्विन १९ गते

images
  • समाचार
  • घुस सहित पक्राउ परे प्रमुख प्रशासकीय...

घुस सहित पक्राउ परे प्रमुख प्रशासकीय अधिकृत

घुस सहित पक्राउ परे प्रमुख प्रशासकीय अधिकृत

शुक्रवार, आषाढ ५ २०८३०२:०२
शुक्रवार, आषाढ ५ २०८३०२:०२
  • images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवविरुद्ध घुस लिएको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

    आयोगका अनुसार सडक ढलान योजनाको कार्य सम्पन्न भएपछि भुक्तानी प्रक्रिया अगाडि बढाइदिने क्रममा विभिन्न बहाना बनाई सेवाग्राहीलाई दुःख हैरानी दिँदै घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो।

    सोही क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले प्रमुख प्रशासकीय अधिकृत यादवलाई सेवाग्राहीबाट ७२ हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

    अनुसन्धानबाट सडक ढलान योजना सम्झौताअनुसार सम्पन्न भइसकेपछि पनि भुक्तानीका लागि अनावश्यक अड्चन सिर्जना गर्दै सेवाग्राहीसँग ७२ हजार घुस मागी लिएको पुष्टि भएको अख्तियारले जनाएको छ।

    आयोगले यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुरमा बिगो रु ७२ हजार कायम गरी सोही बराबर जरिवाना तथा कानुनबमोजिम कैद सजायको मागदाबीसहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।

    अख्तियारले सार्वजनिक पदमा रहेका कर्मचारीले सेवाग्राहीलाई दुःख हैरानी दिई व्यक्तिगत लाभ लिन खोज्ने प्रवृत्तिविरुद्ध कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend