२०८३, आश्विन १९ गते

images
  • समाचार
  • नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद...

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त, को हुन उनी ?

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त, को हुन उनी ?

शुक्रवार, आषाढ ५ २०८३०६:२६
शुक्रवार, आषाढ ५ २०८३०६:२६
  • images

    काठमाडौँ । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) काे अध्यक्ष डा. गोपालप्रसाद भट्टलाई नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षमा भट्टलाई नियुक्त गरेको हो ।

    बोर्डका निवर्तमान अध्यक्ष सन्तोष नारायण श्रेष्ठले वैशाख ४ गते राजनीनामा दिएपछी बोर्ड नेतृत्व बिहीन छ । २०८१ मंसिर १० गते बोर्डमा नियुक्त भएका श्रेष्ठले रास्वपाको सरकार बनेपछी राजीनामा दिएका हुन् ।

    बोर्डको अध्यक्षका लागि ४७ जनाले आवेदन दिएका थिए । अध्यक्ष छनोट समितिले ४७ मध्येबाट ४ जनाको नाम छोटो सूचीमा राखेको थियो । त्यसमध्येबाट भट्टलाई सरकारले बोर्डको अध्यक्ष बनाएको छ ।

    उनी नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । उनलाई बढी आध्यात्मिक व्यक्तिको रुपमा चिनिन्छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend