२०८३, भाद्र १३ गते

images
  • समाचार
  • मन्त्रिपरिषद् बैठकका ६ निर्णयः नियुक्तीदेखि विद्येयक...

मन्त्रिपरिषद् बैठकका ६ निर्णयः नियुक्तीदेखि विद्येयक संसदमा पेशसम्म

मन्त्रिपरिषद् बैठकका ६ निर्णयः नियुक्तीदेखि विद्येयक संसदमा पेशसम्म

images
शुक्रवार, आषाढ ५ २०८३०६:३१
शुक्रवार, आषाढ ५ २०८३०६:३१
  • काठमाडौँ । सरकारले नेपाल धितोपत्र बोर्ड ९सेबोन० को अध्यक्षमा डा। गोपालप्रसाद भट्टलाई नियुक्त गरेको छ।

    शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्।

    आज बसेको मन्त्रिपरिषद् बैठकले सहकारी सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने लगायतका निर्णय गरेको हो ।

    यी हुन् निर्णयहरू–

    १. नेपाल विशेष सेवा ऐन २०४२ को साविक व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने।

    २. नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डाक्टर गोपाल प्रसाद भट्ट (कैलाली) लाई नियुक्त गर्ने।

    ३. सहकारी सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने।

    ४. बचत तथा ऋण सहकारी नियमन तथा सुपरिवेक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने।

    ५. राष्ट्रिय सेवा दल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने।

    ६. संघीय संसद समक्ष देहायका प्रतिस्थापन विधेयकहरु पेश गर्न स्वीकृति प्रदान गर्नेः

    क. सहकारी ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक

    ख. सार्वजनिक खरिद ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक

    ग. सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक

    घ. स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend