२०८३, आश्विन १९ गते

images
  • विशेष
  • साढे ४ अर्ब बढी हिनामिना प्रकरणपछि...

साढे ४ अर्ब बढी हिनामिना प्रकरणपछि सीईओ निलम्बित, नेतृत्व बिहीन  हिमालयन लाइफ

साढे ४ अर्ब बढी हिनामिना प्रकरणपछि सीईओ निलम्बित, नेतृत्व बिहीन  हिमालयन लाइफ

यसअघि आन्दोलन गरेरै सीईओ हटाएको भन्दै तत्काल निमित्त नतोकिए अध्यक्षलाई समेत हटाउँने कर्मचारीको धम्की

आइतवार, आषाढ ७ २०८३०५:०५
आइतवार, आषाढ ७ २०८३०५:०५
  • images
    काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ४ अर्ब ६५ करोड बढी हिनामिना गरेको भन्दै मुद्दा दर्ता भएसँगै हिमालयन लाइफ इन्स्योरेन्सका सीईओ कपिल कुमार दाहाल निलम्बनमा परे । सीआईबीले अर्बाेँ रकम अपचलन गरेको भन्दै बिचौलीया दीपक भट्ट, हिमालयन लाइफका तत्कालीन अध्यक्ष सुलव अग्रवालसँगै दाहाल समेत निलम्बनमा परेका हुन् । 
     
    गत जेठ २९ गते विशेष अदालतमा मुद्दा दर्ता भएसँगै दाहाल स्वत निलम्बीत बने । उनीसँगै अन्य कम्पनीका सीईओ समेत निलम्बीत भए । तर, अधिकांश कम्पनीले सीईओ निलम्बीत भएसँगै निमित्तको जिम्मेवारी अन्य कर्मचारीहरुलाई सुम्पिसकेको छ । तर मुद्दा दर्ता भएर सीईओ निलम्बीत भएको लामो समयभैसक्दा समेत हिमालयन लाइफ इन्स्योरेन्सको बोर्डले निमित्त कर्मचारी तोक्न सकेको छैन् । 
     
    अध्यक्ष अग्रवाललाई प्रहरीले चैत २० गते पक्राउ गरेको थियो । अध्यक्ष पक्राउ परेसँगै बोर्डले नयाँ अध्यक्षका रुपमा चैत २३ गते नारायण बजाजलाई  नियुक्त गरेको थियो । अध्यक्ष नियुक्ती तत्कालै गरेको बोर्डले निमित्त नियुक्तीमा भने ढिलाई गर्दै आएको छ । 
     
    हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड तथा एचएलआई लार्ज क्याप फण्डबाट २५ करोड बढी रकम दुरुपयोग तथा अनियमितता देखिएको भन्दै सीईओ दाहालमाथि मुद्धा दर्ता भएको हो । उनीमाथि एचएलआई लार्ज क्याप फण्डबाट २५ करोड १४ लाख ८४ हजार ७ सय ४८ रुपैयाँ तथा हिमालयन ईन्भेष्टमेन्ट बैंकरबाट २२ लाख २६ हजार ३ सय ५२ रुपैयाँ अनियमितामा संलग्न रहेको भन्दै सीआईबीले मुद्दा चलाउन सिफारिस गरेको थियो ।
     
    प्राइम ताइफको हावीहुँदा तोकिएन निमित्त
     
    हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी तीन जीवन बीमा कम्पनी मर्जर भएर बनेको हो । साविकको प्राइम लाइफ, गुराँस लाइफ र यूनियन लाइफ मिलेर बनेको हिमालयन लाइफ इन्स्योरेन्सको सञ्चालकमा प्राइम लाइफ हाबी हुँदा निमित्त तोकिनमा ढिलाई भएको बुझिएको छ । 
     
    सीईओ निलम्बनमा परेसँगै कम्पनीका सहायक प्रमुख कार्यकारी अधिकृत हरीप्रसाद ढुंगानालाई निमित्तको जिम्मेवारी दिन बोर्डले आनाकानी गरेको पाइएको छ । उनी तत्कालीन युनियन लाइफका कर्मचारी भएकै कारण निमित्तको जिम्मेवारी दिन आनाकानी गरेको कर्मचारीहरु बताउँछन् । 
     
    ‘बोर्डमा सबै प्राइम लाइफको हाबी छ । नियम अनुसार सीईओ पछिको जिम्मेवारीमा रहनुभएका सरलाई बिना हिचकिचावट निमित्तको जिम्मेवारी सुम्पिनु पर्ने हो, तर अध्यक्षले अहिलेसम्म जिम्मेवारी दिनसक्नुभएको छैन् । हामीले बुझे र देखे अुनसार उहाँ युनियनको कर्मचारी भएकै कारण जिम्मेवारी दिन ढिलाई गरिएको पाइएको छ’, ती कर्मचारीले भने ।  
     
    कम्पनीको संस्थापक शेयरधनी रहेको लक्ष्मी कर्प नेपाल प्रालिको तर्फबाट प्रतिनिधि गर्नेगरी बजाजलाई अध्यक्षमा नियुक्त गरिएको भनिएतापनि उनी आफूलाई डमीको अध्यक्ष भन्दै आएका छन् । उनले सो कम्पनीमा आफ्नो कुनै पनि शेयर नरहेको भन्दै आफू डमी अध्यक्ष भएको र छिट्टै निमित्त सीईओ नियुक्ती गर्ने भन्दै एजेन्टहरुलाई भन्ने गरेका छन् । 
     
    कम्पनीका एजेन्टले तत्कालै निमित्त नियुक्ती नभए आन्दोलन गर्ने धम्की समेत दिदैँ आएका छन् । उनीहरुले यसअघिका सीईओ मनोज कर्णलाई एजेन्टहरुले आन्दोलन गरेरै सीईओबाट हटाएका थिए । 
     
    सीईओलाई हराएको भन्दै तत्काल निमित्त नतोकिए अध्यक्षलाई समेत हटाउने उनीहरुले धम्की दिदैँ आएका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend