२०८३, आश्विन १९ गते

images
  • अर्थतन्त्र
  • चणिकलाल तामाङलाई प्रभु महालक्ष्मी इन्स्योरेन्सले दियो...

चणिकलाल तामाङलाई प्रभु महालक्ष्मी इन्स्योरेन्सले दियो ३० लाखको बीमा सहित ११ हजार नगद

चणिकलाल तामाङलाई प्रभु महालक्ष्मी इन्स्योरेन्सले दियो ३० लाखको बीमा सहित ११ हजार नगद

सीएनएन खबर
बिहिवार, आश्विन १७ २०८१११:३७
सीएनएन खबर
बिहिवार, आश्विन १७ २०८१११:३७
  • images

    काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चणिकलाल तामाङलाई सम्मान गरेको छ । कम्पनीले नख्खुखोलामा आएको बाढीले बगाएकामध्ये दुईजनालाई सकुशल उद्धार गर्न सफल काभ्रेका तामाङलाई सम्मान गरेको हो । 

    तामाङलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले सम्मान गरेका हुन् । प्रसाईंले ‘रियल हिरो’को संज्ञा दिँदै स्वतस्फूर्त रूपमा अरूको ज्यान जोगाउने कामको कुनै मूल्यसँग तुलना हुन नसक्ने बताए । 

    साथै, उनले कम्पीका तर्फबाट ३० लाख रुपैयाँको बिमांक रकमको बिमालेखसहित ११ हजार रुपैयाँ नगद सम्मानस्वरूप प्रदान गरे । 

    कार्यक्रममा उद्धारकर्ता तामाङले आफ्नै आँखा अगाडि कसैको ज्यान जोखिममा देख्दा सैह्य भएन र बाढीमा हामफाली दुई जनालाई बचाउन सफल भएको र यस किसिमका सम्मानले हौसल प्रदान गर्ने बताए ।

    यसअघि उनै तामाङलाई बागमति प्रदेश सरकारले डेढ लाख रुपैयाँ दिने घोषणा गरिसकेको छ भने महालक्षि विकास बैंकले सम्मान स्वरुप १ लाख रुपैयाँ हस्तान्तरण गरिसकेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend