२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • रास्वपा महाधिवेशनमा नयाँ नेतृत्वका लागि मतदान,...

रास्वपा महाधिवेशनमा नयाँ नेतृत्वका लागि मतदान, प्रतिनिधिहरूको उत्साहपूर्ण सहभागिता

रास्वपा महाधिवेशनमा नयाँ नेतृत्वका लागि मतदान, प्रतिनिधिहरूको उत्साहपूर्ण सहभागिता

बिहिवार, आषाढ ११ २०८३०६:३६
बिहिवार, आषाढ ११ २०८३०६:३६
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा मतदान सुरु भएको छ । रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार ९९ पदका लागि विद्युतीय मतदान सुरु भएको हो ।

    मतदान सुरु भएसँगै प्रतिनिधिहरू महाधिवेशन हलमा प्रवेश गर्न थालेका छन् । यही असार ७ गतेदेखि सुरु भएको महाधिवेशनमा मतदान आज बिहान १०ः०० बजेसम्म जारी रहने केसीले जानकारी दिए । 

    निर्वाचनमा ३८४ जना उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । यसअघि रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend