२०८३, आश्विन १९ गते

images
  • स्थानीय
  • जुम्लाका आठवटै स्थानीय तहले सार्वजनिक गरे...

जुम्लाका आठवटै स्थानीय तहले सार्वजनिक गरे बजेट, विकास र सुशासनलाई उच्च प्राथमिकता

जुम्लाका आठवटै स्थानीय तहले सार्वजनिक गरे बजेट, विकास र सुशासनलाई उच्च प्राथमिकता

बिहिवार, आषाढ ११ २०८३०६:४१
बिहिवार, आषाढ ११ २०८३०६:४१
  • images

    काठमाडौँ । जुम्लाका आठवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । जिल्लामा रहेका एक नगरपालिकासहित सात गाउँपालिकाले बुधबार एकैसाथ बजेट सर्वजनिक गरेका हुन् । 

    यहाँको चन्दनाथ नगरपालिकाले ५९ करोड ४६ लाख ७१ हजार बजेट सार्वजनिक गरेको छ । तातोपानी गाउँपालिकाले ५४ करोड २८ लाख आठ हजार, पातारासी गाउँपालिकाले ४५ करोड ४६ लाख छ हजार र तिला गाउँपालिकाले ५० करोड ५१ लाख ७१ हजार बजेट ल्याएका छन् ।

    यसैगरी, हिमा गाउँपालिकाले ४३ करोड ७९ लाख ६६ हजार, सिँजा गाउँपालिकाले ४५ करोड ४८ लाख १८ हजार र कनकासुन्दरी गाउँपालिकाले ४५ करोड १२ लाख ७७ हजार बजेट ल्याएका छन् । गुठीचौर गाउँपालिकाले असार ९ गते ३८ करोड ३६ लाख ८३ हजार बजेटसहित नीति तथा कार्यक्रम ल्याएको थियो ।

    तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले प्रस्तुत गरेको बजेटमा संस्थागत सुदृढीकरण र सुशासन, दिगो पूर्वाधार तथा सहरी विकास, कला, संस्कृति, सम्पदा संरक्षण र संवद्र्धन, सुलभ आधारभूत स्वास्थ्य सेवा तथा नगरवासीको जीवन रक्षा, रोजगारमूलक एवं स्तरीय आधारभूत शिक्षालाई प्राथमिकता दिइएको उल्लेख छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend