काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।
पुरुषतर्फको एक उपसभापति पदका लागि उम्मेदवारी दिएका विराजभक्त श्रेष्ठले आफ्नो दाबी फिर्ता लिएपछि वाग्ले निर्विरोध भएका हुन्। श्रेष्ठले वाग्लेको उम्मेदवारीमा प्रस्तावकको भूमिका समेत निर्वाह गरेका छन्।
रास्वपाको विधानअनुसार एक सभापति, दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री पदका लागि निर्वाचन हुने व्यवस्था रहेको छ।
यसअघि सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। अन्य पदाधिकारीका लागि भने निर्वाचन प्रक्रिया जारी रहेको छ।
रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्लेको उम्मेदवारी, बिराजभक्त श्रेष्ठ बने प्रस्तावक

