२०८३, श्रावण २५ गते

images
  • बैंक बित्त
  • कामना सेवा विकास बैंकको सामाजिक उत्तरदायित्व...

कामना सेवा विकास बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम, बैजनाथ माविका विद्यार्थी लाभान्वित

कामना सेवा विकास बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम, बैजनाथ माविका विद्यार्थी लाभान्वित

images
शुक्रवार, आषाढ १२ २०८३११:५४
शुक्रवार, आषाढ १२ २०८३११:५४
  • काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय महेन्द«नगर मार्फत बेदकोट नगरपालिका वडा नं ८ स्थित श्री बैजनाथ माध्यमिक विद्यालयमा स्टेशनरी तथा शैक्षिक सामाग्री वितरण गरेको छ ।

    बैंकको महेन्द«नगर शाखा प्रमुख कृष्ण सिहं भाटले बेदकोट ८ का वडा अध्यक्ष महेशदत्त जोशीको उपस्थितिमा विद्यालयमा अध्ययनरत गरिबीको रेखामुनी रहेका विद्यार्थीहरुलाई स्टेशनरी तथा शैक्षिक सामाग्री वितरण गरेका थिए । 

    कार्यक्रममा वडा अध्यक्ष जोशीले सामुदायिक विद्यालयमा अधिकांश कमजोर तथा आर्थिक अवस्थाका विद्यार्र्थी हुने भएकाले बैंकको शैक्षिक सामागी सहयोगबाट पठनपाठनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । बैंकका महेन्द«नगर शाखा प्रमुख भाटले विद्यालयमा वितरण गरिएको स्टेशनरी तथा शैक्षिक सामाग्रीले समुन्नत समाज विकासको लागि सहयोग गर्दै हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गरे । 

    उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु, बेदकोट ८ का वडा अध्यक्ष, श्री बैजनाथ माध्यमिक विद्यालयका प्रध्यानाध्यापक, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो । 

    यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका साक्षरता कार्यक्रमहरुलाई निरन्तरता दिने छ  ।

     

    प्रतिक्रिया
    भर्खरै
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend