२०८३, आश्विन १९ गते

images
  • समाचार
  • मनिष झाको कटाक्ष: ‘भिड्ने आँट भएकाले...

मनिष झाको कटाक्ष: ‘भिड्ने आँट भएकाले मैदान छोड्दैनन्’

मनिष झाको कटाक्ष: ‘भिड्ने आँट भएकाले मैदान छोड्दैनन्’

शुक्रवार, आषाढ १२ २०८३०१:४७
शुक्रवार, आषाढ १२ २०८३०१:४७
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री पदको प्रतिस्पर्धामा रहेका नेता मनिष झाले उम्मेदवारी फिर्ता लिएका नेताप्रति कटाक्ष गरेका छन्। उनले निर्वाचनको मैदानमा उत्रिएपछि अन्तिमसम्म प्रतिस्पर्धा गर्नुपर्ने भन्दै बीचमै उम्मेदवारी फिर्ता लिनुलाई "आलोकाँचो राजनीति" को संज्ञा दिएका छन्।

    महामन्त्री पदका केही उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएर विपिन आचार्यलाई समर्थन गरेपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै झाले भने, "यति आलोकाँचो राजनीति पनि गर्नुहुँदैन। हिजो राति उम्मेदवारी दिने तर आज फिर्ता लिने?"

    उनले सशक्त राजनीतिक नेतृत्व प्रतिस्पर्धाबाट भाग्ने नभई परिणाम जे आए पनि अन्तिमसम्म डटेर सामना गर्ने बताए। "सशक्त राजनीति गर्न सक्ने आँट भएकाहरू भिडिरहन्छन्, परिणाम जेसुकै होस् लागिरहन्छन्," उनले उल्लेख गरेका छन्।

    महामन्त्रीका दाबेदार गणेश पराजुली, रञ्जु दर्शना, प्रमोद न्यौपानेलगायतले उम्मेदवारी फिर्ता लिएपछि विपिन आचार्यलाई समर्थन गरेका छन्। उम्मेदवारी फिर्तासँगै अब महामन्त्री पदका लागि विपिन आचार्य, मनिष झा, गणेश कार्की र सागर ढकालबीच प्रतिस्पर्धा हुने भएको छ।

    झा रास्वपाका निवर्तमान प्रवक्ता हुन् भने विपिन आचार्य सभापति रवि लामिछाने निकट मानिने नेता हुन्। उम्मेदवारी फिर्ताको घटनापछि पार्टीभित्र नेतृत्व चयनको प्रक्रियालाई लिएर विभिन्न टिप्पणी भइरहेका छन्।

    रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि मतदान शुक्रबार हुँदैछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend