२०८३, आश्विन १९ गते

images
  • समाचार
  • रास्वपा महाधिवेशनले भरतपुरको बजार ततायो, एक...

रास्वपा महाधिवेशनले भरतपुरको बजार ततायो, एक सातामै ५० करोडभन्दा बढीको कारोबार

रास्वपा महाधिवेशनले भरतपुरको बजार ततायो, एक सातामै ५० करोडभन्दा बढीको कारोबार

शुक्रवार, आषाढ १२ २०८३०३:१९
शुक्रवार, आषाढ १२ २०८३०३:१९
  • images

    काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन र आसपासमा ५० करोडभन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ । 

    झण्डै एक साता देशभरबाट प्रतिनिधि, परिवेक्षक र शुभेच्छुकले जिल्लाका होटल, रेष्टुरेण्ट र पर्यटकीय क्षेत्रहरु चलायमान भएका थिए । गत आइतबार उद्घाटन भएको महाधिवेशन आज समापन हुँदैछ । 

    शनिबारदेखि नै प्रतिनिधि, परिवेक्षकहरुले यहाँका होटलहरु भरिन थालेका थिए । आवास तथा खाना व्यवस्थापन उपसमितिका संयोजक राजन गौतमका अनुसार एक सातामा ५० करोडभन्दा माथिको व्यापार भएको बताउँछन् । 

    उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष समेत रहेका गौतम झण्डै २० करोड आबासमा प्रतिनिधि, परिवेक्षक र शुभेच्छुकले खर्च गरेको बताए । एकै दिन २० हजार जनासम्म चितवनमा बसेको उनको भनाइ छ ।

    महाधिवेशनको उद्घाटन र त्यसको भोलिपल्ट ठूलो सङ्ख्यामा रास्वपा समर्थकहरु जिल्लामा आएको गौतमले बताए। अन्य दिनमा क्रमशः घट्दै गएको भन्दै उहाँले यसको प्रत्यक्ष लाभ भरतपुरलाई परेको बताए। 

    सौराहालगायतका पूर्वी क्षेत्रका होटल र नवलपरासीको गैँडाकोटका होटलसम्म प्रतिनिधिहरु बसेको उनले बताए । आवासको व्यवस्था प्रतिनिधि स्वयंले गर्नुपर्ने हुन्थ्यो भने चार दिन खानाको व्यवस्था पार्टीले गरेको थियो । अघि पछि र अनुकूलको खाना प्रतिनिधिहरुले आफैँ खाएका थिए । पार्टीको मात्र चार करोडभन्दा बढी खर्च हुने भन्दै उनले यहाँका सबै क्षेत्र एक साता चलायमान भएको बताए । 

    जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार दुई हजार २०० हाराहारी साना ठूला गाडी बाहिरबाट आएका छन् । उद्योग वाणिज्य सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओली झण्डै एक साता जिल्ला चलायमान भएको बताए । होटल रेष्टुरेण्ट भरिदाँ यसले अन्य क्षेत्रलाई चलायमान बनाउने उनले बताए। 

    दुग्ध जन्य पदार्थ, माछा, मासु, अण्डा, फलपूmल जस्ता कृषि जन्य उत्पादनको राम्रो खपत भएको उहाँले बताउनुभयो । उनले भने, “मूख्य रुपमा भरतपुरको आर्थिक चक्रमा राम्रो प्रभाव परेको छ ।”

    क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओम पाण्डे भरतपुरका होटलहरुले राम्रो व्यापार पाएको बताउँछन् । त्यसपछिको व्यपार सौराहालगायतका क्षेत्रमा भएको उनको भनाइ छ । पहिलो पटक जिल्लामा आएका रास्वपाका नेता कार्यकर्ताले पर्यटकीय गन्तव्यहरु हेर्ने अवसर पाएको उनको भनाइ छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend