२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • रास्वपाको महामन्त्रीमा विपिन आचार्य, उपसभापतिमा सोबिता...

रास्वपाको महामन्त्रीमा विपिन आचार्य, उपसभापतिमा सोबिता गौतम निर्वाचित

रास्वपाको महामन्त्रीमा विपिन आचार्य, उपसभापतिमा सोबिता गौतम निर्वाचित

शुक्रवार, आषाढ १२ २०८३०७:०६
शुक्रवार, आषाढ १२ २०८३०७:०६
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत भएको पदाधिकारी निर्वाचनबाट विपिन आचार्य महामन्त्रीमा तथा सोबिता गौतम उपसभापतिमा निर्वाचित भएका छन्।

    यसअघि सहमहामन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका आचार्य अब पार्टीको महामन्त्रीमा निर्वाचित भएका हुन्।

    उपसभापति पदका लागि शुक्रबार सम्पन्न मतदानमा सोबिता गौतमले ७८९ मत प्राप्त गर्दै विजय हासिल गरिन्। उनका निकटतम प्रतिद्वन्द्वी तोसिमा कार्कीले ५७२ मत प्राप्त गरिन्।

    पदाधिकारी चयनका लागि भएको निर्वाचनमा १ हजार २८९ मत खसेको निर्वाचन समितिले जनाएको छ।

    यसअघि केन्द्रीय सदस्य पदका लागि भने २ हजार ९५९ मत खसेको थियो। तर, त्यसपछि केही प्रतिनिधि मतदान नगरी फर्किएपछि पदाधिकारी निर्वाचनमा मतदान गर्ने प्रतिनिधिको संख्या उल्लेख्य रूपमा घटेको हो। केन्द्रीय सदस्य निर्वाचनको तुलनामा पदाधिकारी निर्वाचनमा १ हजार ६७० जना कम प्रतिनिधिले मतदान गरेका थिए।

    गत ७ असारदेखि चितवनमा सुरु भएको रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन पदाधिकारीसहित नयाँ नेतृत्व चयनको प्रक्रिया पूरा भएसँगै समापन हुने भएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend