२०८३, आश्विन १९ गते

images
  • खेलकुद
  • विश्वकपमा स्पेनको विजयी यात्रा जारी, केप...

विश्वकपमा स्पेनको विजयी यात्रा जारी, केप भर्डे पहिलोपटक नकआउट चरणमा

विश्वकपमा स्पेनको विजयी यात्रा जारी, केप भर्डे पहिलोपटक नकआउट चरणमा

सीएनएन खबर
शनिवार, आषाढ १३ २०८३०९:२०
सीएनएन खबर
शनिवार, आषाढ १३ २०८३०९:२०
  • images

    काठमाडौँ । एलेक्स बाएनाको गोलमा  उरुग्वेलाई पराजित गर्दै स्पेन विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ ।

    मेक्सिकोको ग्वाडालाजारमा भएको खेलमा स्पेनले उरुग्वेलाई १–० ले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो । एलेक्सले खेलको ४१ औँ मिनेटमा गोल गरेका हुन् । यो विजयसँगै स्पेन सात अङ्क जोडेर समूह विजेता बनेको छ ।

    आजै भएको अर्को खेलमा केप भर्डेले साउदी अरबसँग गोलरहित बराबरी खेल्यो । केप भर्डेको समूह चरणको यात्रा जारी छ । पहिलोपटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश गरेको छ । तीन खेल बराबरी खेलेको यो देश तीन अङ्कका साथ  समूह उपविजेता बनेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend