२०८३, आश्विन २० गते

images

लगातार उतारचढावबीच आज सुनमा १ हजार ४ सय रुपैयाँको गिरावट

लगातार उतारचढावबीच आज सुनमा १ हजार ४ सय रुपैयाँको गिरावट

सोमवार, आषाढ १५ २०८३११:१५
सोमवार, आषाढ १५ २०८३११:१५
  • images

    काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य सामान्य घटेको छ। 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक हजार ४ सय रुपैयाँले घटेर २ लाख ८२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

    त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार प्रतितोला ४ हजार ३२५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी सोमबार घटेर ४ हजार ३१० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend