काठमाडौँ । धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि सर्टलिस्टमा परेका बाँकी ३ जना उम्मेदवारलाई अन्तर्वार्ता पुनः रोकिएको छ ।
अर्थ मन्त्रालयले केही दिन अघि सूचना जारी गर्दै बोर्ड अध्यक्षका लागि बाँकी रहेका ३ जनाको अन्तरवाता शुक्रबारका लागि तय गरेको थियो । तर शुक्रबार पनि बाँकी तीन जनाको अन्तर्वार्ताका लागि अनुपस्थित भएपछि रोकिएको हो ।
अध्यक्ष सिफारिसका लागि गठित समितिका संयोजक, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी तथा तीन उम्मेदवार सहभागी नभएपछि अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुती रोकिएको हो ।
तीन उम्मेदवार बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जिवि चापागाईं तथा नेप्सेका सीईओ कृष्णबहादुर कार्कीलाई शुक्रबार अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीका लागि बोलाइएको थियो । तर, उनीहरु पुनः अन्तरर्वार्ताका लागि अनुपस्थित बनेका हुन् ।
२०८० पुस २० पछि धितोपत्र बोर्ड कार्यकारी अध्यक्षविहीन छ । अर्थमन्त्रालयबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने महेश बरालले अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन् । यद्यपि सार्वजनिक निष्कासन लगायत बोर्डका धेरै कामहरु प्रभावित भएका छन् ।

