२०८३, आश्विन १९ गते

images
  • खेलकुद
  • विश्वकपमा फ्रान्सको शानदार जित, स्विडेनलाई ३–०...

विश्वकपमा फ्रान्सको शानदार जित, स्विडेनलाई ३–० ले हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकपमा फ्रान्सको शानदार जित, स्विडेनलाई ३–० ले हराउँदै अन्तिम १६ मा प्रवेश

सीएनएन खबर
बुधवार, आषाढ १७ २०८३०७:१५
सीएनएन खबर
बुधवार, आषाढ १७ २०८३०७:१५
  • images
    काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स स्विडेनलाई पराजित गर्दै अन्तिम १६ मा पुगेको छ । अमेरिकाको न्यूयोर्कस्थित न्यूजर्सी रङ्गशालाा भएको खेलमा फ्रान्सले स्विडेनलाई ३–० गोलअन्तरले पराजित ग¥यो । 
     
    फ्रान्सको जितमा खेलको ४५औँ र ७४औँ मिनेटमा किलियन एम्बाप्पेले गोल गरे भने खेलको ५३औँ मिनेटमा ब्राडली बारकोलाले गोल गरे । अब अन्तिम १६ मा फ्रान्सले पाराग्वेको सामना गर्नेछ ।
     
    अन्तिम–३२ को खेलअन्तर्गत गए राति भएको खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । साथै आज बिहान ६ः४५ बजे मेक्सिको र इक्वेडोरबीच खेल हुँदैछ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend