२०८३, आश्विन १९ गते

images
  • खेलकुद
  • विश्वकप फुटबलः नर्वेले आइभरी कोस्टलाई २–१...

विश्वकप फुटबलः नर्वेले आइभरी कोस्टलाई २–१ ले हरायो, अब ब्राजिलसँग भिड्ने

विश्वकप फुटबलः नर्वेले आइभरी कोस्टलाई २–१ ले हरायो, अब ब्राजिलसँग भिड्ने

सीएनएन खबर
बुधवार, आषाढ १७ २०८३०७:२७
सीएनएन खबर
बुधवार, आषाढ १७ २०८३०७:२७
  • images
    काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम १६ मा पुगेको छ । 
     
    अमेरिकाको डलास रङ्गशालामा भएको खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित ग¥यो । नर्वेका लागि खेलको ३९औँ मिनेटमा एन्टोनियो नुसाले गोल गरे । खेलको ७४औँ मिनेटमा आइभरी कोस्टका लागि अमाद डियाल्लोले गोल गर्दै खेल बराबरीमा ल्याए । 
     
    त्यसपछि खेलको ८६औँ मिनेटमा एर्लिङ हल्याण्डले गोल गर्दै नर्वेलाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलमा कुनै पनि गोल भएन र नर्वे अन्तिम १६ मा पुग्यो । अब अन्तिम १६ मा नर्वेले ब्राजिलको सामना गर्नेछ ।
     
    अन्तिम–३२ को खेलअन्तर्गत आज राति २ः४५ बजे फ्रान्स र स्विडेनबीच खेल हुँदैछ भने बिहान ६ः४५ बजे मेक्सिको र इक्वेडोर भिड्दैछन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend