२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • रास्वपाका ६ पदाधिकारी र ९९ केन्द्रीय...

रास्वपाका ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्यको शपथ आज

रास्वपाका ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्यको शपथ आज

बुधवार, आषाढ १७ २०८३१०:४४
बुधवार, आषाढ १७ २०८३१०:४४
  • images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पहिलो महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले बुधबार औपचारिक रूपमा शपथ ग्रहण गर्ने भएको छ।

    पार्टीका महामन्त्री विपिन आचार्यका अनुसार चितवनको भरतपुरमा सम्पन्न पहिलो महाधिवेशनबाट निर्वाचित ६ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्यलाई बुधबार बिहान ११ बजे काठमाडौंस्थित घण्टीघरमा रहेको पार्टी केन्द्रीय कार्यालयमा शपथ गराइनेछ।

    शपथ ग्रहणपछि नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक बस्ने तयारी गरिएको छ। बैठकमा पार्टीका मनोनीत पदाधिकारी तथा केन्द्रीय सदस्य चयनलगायत समसामयिक संगठनात्मक विषयमा छलफल हुने जनाइएको छ।

    रास्वपाको पहिलो महाधिवेशन असार ७ देखि १२ गतेसम्म चितवनको भरतपुरमा सम्पन्न भएको थियो। महाधिवेशनबाट पार्टी सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका थिए। सभापति लामिछानेले भने महाधिवेशनकै क्रममा भरतपुरमा शपथ ग्रहण गरिसकेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend