२०८३, आश्विन १९ गते

images
  • समाचार
  • धापासीमा ‘आदी डेन्टल’ सेवा सुरु हुँदै,...

धापासीमा ‘आदी डेन्टल’ सेवा सुरु हुँदै, पहिलो २० बिरामीलाई २० प्रतिशत छुट

धापासीमा ‘आदी डेन्टल’ सेवा सुरु हुँदै, पहिलो २० बिरामीलाई २० प्रतिशत छुट

बुधवार, आषाढ १७ २०८३११:३३
बुधवार, आषाढ १७ २०८३११:३३
  • images

    काठमाडौं । काठमाडौंको धापासीस्थित अमृतम् गमय आदी मल्टिस्पेशालिटी एन्ड ई.एन.टी केयर प्रालिभित्र नयाँ दन्त उपचार सेवा ‘आदी डेन्टल’ सञ्चालनमा आउने भएको छ।

    क्लिनिकका अनुसार असार १८ गते (जुलाई २), बिहीबार बिहान ७:३० बजेदेखि औपचारिक उद्घाटन कार्यक्रम आयोजना गरिएकाे छ। उद्घाटन समारोहमा उपस्थितिका लागि सर्वसाधारण तथा शुभेच्छुकलाई निमन्त्रणा गरिएको छ।

    आदी डेन्टलमा एमडीएस (अर्थोडोन्टिक्स तथा डेन्टोफेसियल अर्थोपेडिक्स) विशेषज्ञ डा. दृष्टि ढकालले सेवा प्रदान गर्ने जनाइएको छ। क्लिनिकले दाँत तथा मुख स्वास्थ्यसम्बन्धी विशेषज्ञ उपचारलाई सहज र गुणस्तरीय बनाउने उद्देश्यसहित सेवा विस्तार गरेको जनाएको छ।

    उद्घाटनको अवसरमा क्लिनिकले पहिलो २० जना बिरामीलाई उपचार सेवामा २० प्रतिशत छुट दिने विशेष योजना पनि सार्वजनिक गरेको छ।

    आदी डेन्टल धापासी, टोखा क्षेत्रमा रहेको अमृतम् गमय आदी मल्टिस्पेशालिटी एन्ड ईएनटी केयर प्रालि (ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको विपरीत, ग्लोबल आईएमई बैंक रहेको भवन) बाट सञ्चालन हुनेछ। क्लिनिकले दन्त उपचारसँगै विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्ने जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend