२०८३, आश्विन १९ गते

images
  • समाचार
  • रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यले लिए शपथ,...

रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यले लिए शपथ, आजै पहिलो केन्द्रीय समिति बैठक बस्ने

रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यले लिए शपथ, आजै पहिलो केन्द्रीय समिति बैठक बस्ने

बुधवार, आषाढ १७ २०८३१२:५३
बुधवार, आषाढ १७ २०८३१२:५३
  • images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेका छन्।काठमाडौंको बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टी सभापति रवि लामिछाने ले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई शपथ गराएका हुन्।

    चितवनको भरतपुरमा गत असार ७ देखि १२ गतेसम्म सम्पन्न रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनबाट ६ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए। सभापतिमा लामिछाने निर्विरोध निर्वाचित भएका हुन्।

    शपथ ग्रहणपछि सभापति लामिछानेले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई पार्टीको प्रतीक घण्टीजडित मायाको चिनो र प्रमाणपत्र प्रदान गरेका छन्।

    यसैबीच, रास्वपाले आजै पहिलो केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको छ। बैठकमा विधानअनुसार मनोनयन गरिने ५१ जना केन्द्रीय सदस्यको चयन तथा पार्टीको आगामी कार्ययोजनाबारे छलफल हुने जनाइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend