२०८३, आश्विन १९ गते

images
  • बिमा
  • नेपाल लाइफलाई ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल...

नेपाल लाइफलाई ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट–२०२५’ गोल्ड अवार्ड

नेपाल लाइफलाई ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट–२०२५’ गोल्ड अवार्ड

बुधवार, आषाढ १७ २०८३०३:४३
बुधवार, आषाढ १७ २०८३०३:४३
  • images

    काठमाडौँ । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत गोल्ड अवार्ड प्राप्त गरेको छ।

    नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले असार १६ गते काठमाडौंस्थित होटल याक एण्ड यतीमा आयोजित विशेष समारोहमा कम्पनीलाई उक्त सम्मान प्रदान गरेको हो। नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले संयुक्त रूपमा अवार्ड ग्रहण गरेका थिए।

    कम्पनीका अनुसार आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदनको उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, पर्याप्त खुलासा, नेपाल वित्तीय प्रतिवेदन मान (NFRS) तथा अन्य लेखा मापदण्डको प्रभावकारी कार्यान्वयन र संस्थागत सुशासनप्रतिको प्रतिबद्धताको मूल्याङ्कनका आधारमा नेपाल लाइफलाई उक्त सम्मान प्रदान गरिएको हो।

    नेपाल लाइफले आफ्नो २५औँ वार्षिकोत्सव मनाइरहेको अवसरमा प्राप्त यो उपलब्धिले कम्पनीको वित्तीय जवाफदेहिता, पारदर्शिता तथा सुशासनप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाएको जनाएको छ।

    अवार्ड प्राप्तिपछि प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यो सम्मान सम्पूर्ण नेपाल लाइफ परिवारका लागि गर्वको विषय भएको बताउँदै आगामी दिनमा अझ उच्च स्तरको वित्तीय पारदर्शिता, सुशासन र उत्कृष्ट कार्यसम्पादनका लागि प्रेरणा मिलेको प्रतिक्रिया दिए। उनले कम्पनीप्रति विश्वास गर्ने बीमित, अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरे।

    कम्पनीका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म नेपाल लाइफले ५२ लाख ४० हजारभन्दा बढी बीमालेख जारी गरेको छ। कम्पनीले २ खर्ब ६७ अर्ब रुपैयाँभन्दा बढीको जीवन बीमा कोष व्यवस्थापन गरिरहेको जनाएको छ। हालसम्म १ खर्ब १३ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरिसकेको कम्पनीले नेपाल सरकारलाई १७ अर्ब रुपैयाँभन्दा बढी राजस्व तथा करसमेत बुझाएको उल्लेख गरेको छ।

    नेपाल लाइफले इक्रा नेपालबाट ‘AA- (डबल ए माइनस)’ क्रेडिट रेटिङ प्राप्त गर्ने नेपालको पहिलो जीवन बीमा कम्पनी भएको पनि जनाएको छ। कम्पनीका अनुसार हाल देशभरका ७७ जिल्लामा १९७ कार्यालय र ६५ हजारभन्दा बढी सक्रिय अभिकर्तामार्फत सेवा प्रदान गर्दै आएको छ।

    कम्पनीले आगामी दिनमा पनि ‘विश्वास, पारदर्शिता र उत्कृष्ट सेवा’लाई प्राथमिकतामा राख्दै नेपाली नागरिकको आर्थिक सुरक्षा र समृद्ध भविष्य निर्माणमा निरन्तर योगदान पुर्‍याउने प्रतिबद्धता जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend