२०८३, आश्विन २० गते

images

तोलामा ७ हजार २ सयले बढ्यो सुनको मूल्य

तोलामा ७ हजार २ सयले बढ्यो सुनको मूल्य

सीएनएन खबर
शुक्रवार, आषाढ १९ २०८३११:१०
सीएनएन खबर
शुक्रवार, आषाढ १९ २०८३११:१०
  • images

    काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा सुन तोलामा सात हजार २०० र चाँदी १६५ रुपैयाँले बढेको हो । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुुन प्रतितोला दुई लाख ९० हजार ७०० र त्यति नै परिमाणको चाँदीको मूल्य  चार हजार ६१५ कायम भएको छ ।

    हिजो बिहीबार छापावाल सुुन प्रतितोला दुई लाख ८३ हजार ५०० र चाँदीको मूल्य चार हजार ४५० कायम भएको थियो ।


    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १७९ र चाँदी ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend