२०८३, आश्विन १९ गते

images
  • स्थानीय
  • प्रमुख प्रशासकीय अधिकृत सहित ४ जना...

प्रमुख प्रशासकीय अधिकृत सहित ४ जना विरुद्ध भ्रष्टाचार मुद्दा

प्रमुख प्रशासकीय अधिकृत सहित ४ जना विरुद्ध भ्रष्टाचार मुद्दा

शुक्रवार, आषाढ १९ २०८३०२:३३
शुक्रवार, आषाढ १९ २०८३०२:३३
  • images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत सहित ४ जना विरुद्ध भ्रष्टाचार मुद्धा दर्ता गरेको छ । 

    रौतहटको राजपुर नगरपालिका वडा नम्बर ५ स्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक समेतले विद्यालयको टेण्डर तथा भवन निर्माण गर्दा अनियमितता गरेको गुनासोका आधारमा आयोगले अनुसन्धान गरी शुक्रबार मुद्दा दर्ता गरेको हो । 

    जसअनुसार राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रशासकीय अधिकृत बैजु ठाकुर, तत्कालीन इन्जिनियर मोहम्मद शाह फैसल, विद्यालयका तत्कालीन प्रधानाध्यापक विजयकान्त मिश्र, विद्यालयका लेखापाल शेख जहिर विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

    उनीहरु विरुद्ध ११ लाख १० हजार बढी मागदाबी गर्दै मुद्दा दर्ता भएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend