२०८३, आश्विन १९ गते

images
  • बैंक बित्त
  • भारतीय रुपैयाँको भुक्तानी अब स्वचालित, सानिमा...

भारतीय रुपैयाँको भुक्तानी अब स्वचालित, सानिमा र स्ट्यान्डर्ड चार्टर्डबीच एपीआई साझेदारी

भारतीय रुपैयाँको भुक्तानी अब स्वचालित, सानिमा र स्ट्यान्डर्ड चार्टर्डबीच एपीआई साझेदारी

सीएनएन खबर
शुक्रवार, आषाढ १९ २०८३०३:५८
सीएनएन खबर
शुक्रवार, आषाढ १९ २०८३०३:५८
  • images

    काठमाडौं । सानिमा बैंक लिमिटेड र स्ट्यान्डर्ड चार्टर्ड बैंक भारतले भारतीय रुपैयाँमा हुने सीमापार भुक्तानीलाई छिटो, सुरक्षित र स्वचालित बनाउन एपीआई (API) मा आधारित भुक्तानी सेवा सञ्चालनमा ल्याएका छन्।

    यस सहकार्यसँगै सानिमा बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक भारतसँग सीमापार भुक्तानीका लागि एपीआई कनेक्टिभिटी स्थापना गर्ने नेपालको पहिलो बैंक बनेको छ।

    बैंकका अनुसार नयाँ प्रणाली लागू भएपछि परम्परागत म्यानुअल तथा ब्याचमा आधारित भुक्तानी प्रक्रियाको स्थान वास्तविक समय (रियल–टाइम) मा सञ्चालन हुने स्वचालित प्रणालीले लिनेछ। यसले सीमापार भुक्तानीलाई अझ छिटो, सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

    दुवै बैंकबीच आगामी चरणमा एपीआईमार्फत अमेरिकी डलरमा पनि सीमापार भुक्तानी सेवा सञ्चालन गर्ने समझदारी रहेको जनाइएको छ। यसलाई नेपाल–भारतबीचको अन्तर्राष्ट्रिय बैंकिङ सहकार्यमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

    सानिमा बैंकका प्रमुख वित्तीय अधिकृत (सीएफओ) निरज ढकालले यो पहलले सीमापार बैंकिङ सेवालाई अझ नवीन, सरल, छिटो र भरपर्दो बनाउने बैंकको प्रतिबद्धतालाई थप मजबुत बनाएको बताए। उनका अनुसार यसले नेपाल र भारतबीचको वित्तीय कारोबारलाई सुरक्षित, सहज र ग्राहकमैत्री बनाउनेछ।

    स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका वित्तीय संस्था प्रमुख राजकमल बस्नेतले एपीआईमा आधारित यो सहकार्यले अन्तर्राष्ट्रिय भुक्तानी प्रक्रियाको समय र लागत घटाउनुका साथै पारदर्शिता, दक्षता, सुरक्षा र नियामकीय अनुपालनलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend