काठमाडौँ । एक विद्यालय स् एक स्काउटर, एक घर: एक स्काउट भन्ने मूल उद्देश्यका साथ स्थापना भएको मध्यपुर स्काउटले आफ्नो रजत महोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ। मध्यपुर थिमिमा शनिवार विशेष कार्यक्रम आयोजना गरी स्काउटले आफ्नो रजत महोत्सव मनाएको हो।
समारोहमा सदस्यता वृद्धि आयुक्त भुवनचरण श्रेष्ठले मध्यपुर स्काउटको स्थापना, विकासक्रम र गतिविधिबारे जानकारी दिँदै यसको भुमिका समाजमा अझ बढ्दै गएको बताए। त्यस्तै मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले स्काउटले अनुशासन, नेतृत्व विकास र सामाजिक सेवाको भावना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै यसको प्रभावकारिताले समाजमा सकारात्मक प्रभाव परेको बताए ।
त्यसैगरी स्थानीय प्रमुख आयुक्त तुल्सीहरि प्रजापतिले मध्यपुर स्काउटको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै ‘स्काउटमय मध्यपुर’ अभियान सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे ।
कार्यक्रममा मध्यपुर स्काउटको विकासमा आर्थिक, भौतिक तथा नैतिक सहयोग पुर्याउने विभिन्न व्यक्तित्व तथा संघसंस्थालाई सम्मान तथा १५ वर्ष भन्दा बढी समयदेखि स्काउट अभियानमा सक्रिय स्काउटरहरूलाई नेपाल स्काउटको ‘दीर्घ सेवा पदक’ प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, नेपाल स्काउटका निर्देशक अर्पण कार्की नगर उपप्रमुख तथा प्रमुख स्काउट विजयकृष्ण श्रेष्ठलगायत स्थानिय स्तरमा सकृय युवा, समाजसेवी र विद्यार्थिहरूको उपस्थिति रहेको थियो ।

