२०८३, आश्विन १९ गते

images

आज सार्वजनिक हुँदै आगामी आर्थिक वर्षको मौद्रिक नीति, लचिलो कार्यदिशालाई निरन्तरता दिइने

आज सार्वजनिक हुँदै आगामी आर्थिक वर्षको मौद्रिक नीति, लचिलो कार्यदिशालाई निरन्तरता दिइने

मंगलवार, आषाढ २३ २०८३१०:२१
मंगलवार, आषाढ २३ २०८३१०:२१
  • images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ।

    राष्ट्र बैंक स्रोतका अनुसार मौद्रिक नीति आज दिउँसो सार्वजनिक गर्ने तयारी गरिएको छ। मौद्रिक नीतिमा कार्यदिशा, मौद्रिक औजार, ब्याजदर करिडोरलगायतका विषय समेटिनेछन्। यसपटक नियामकीय प्रावधानमा भने ठूलो परिवर्तन नगरी मौद्रिक नीतिको कार्यदिशामै जोड दिइने जनाइएको छ।

    मौद्रिक नीति सार्वजनिक गर्नुअघि राष्ट्र बैंकको व्यवस्थापन समितिको बैठक आज बिहान साढे ९ बजेका लागि बोलाइएको थियो, जुन हाल जारी छ। त्यसपछि सञ्चालक समितिको बैठक बसेर मौद्रिक नीतिलाई अन्तिम स्वीकृति दिएपछि आजै सार्वजनिक गरिनेछ।

    स्रोतका अनुसार मध्यपूर्वमा भएको द्वन्द्वका कारण मुद्रास्फीतिमा केही दबाब देखिए पनि समग्र अवस्था अझै नियन्त्रणमै रहेको मूल्याङ्कन राष्ट्र बैंकको छ। बैंकिङ प्रणालीमा पर्याप्त तरलता कायम रहेकाले मध्यपूर्वको तनाव समाधान भएपछि पनि मुद्रास्फीतिमा ठूलो चाप नपर्ने निष्कर्ष निकालिएको छ।

    यही आधारमा राष्ट्र बैंकले यस वर्ष पनि लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिँदै कर्जा प्रवाह (क्रेडिट पुश) लाई प्रोत्साहन गर्ने लक्ष्य लिएको स्रोतले जनाएको छ। यसमार्फत निजी क्षेत्रको लगानी विस्तार, आर्थिक गतिविधिमा गति र समग्र अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्य राखिएको छ।

    यसैबीच, नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल बुधबार भुटान प्रस्थान गर्ने कार्यक्रम रहेकाले त्यसअघि नै मौद्रिक नीति सार्वजनिक गर्न लागिएको हो। गभर्नर पौडेलको कार्यकालमा जारी हुन लागेको यो दोस्रो मौद्रिक नीति हुनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend