२०८३, भाद्र १३ गते

images

नेपाल एसबिआई बैंकले मगायो ३३ औँ वार्षिकोत्सव

नेपाल एसबिआई बैंकले मगायो ३३ औँ वार्षिकोत्सव

images
बुधवार, आषाढ २४ २०८३०३:०८
बुधवार, आषाढ २४ २०८३०३:०८
  • काठमाडौं। नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो ३३औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाएको छ। वार्षिकोत्सवको अवसरमा बैंकले देशभरका कर्मचारीको सहभागितामा शपथ ग्रहण समारोह आयोजना गर्दै संस्थाप्रतिको जिम्मेवारी, व्यावसायिक नैतिकता र उत्कृष्ट सेवाप्रतिको प्रतिबद्धता दोहोर्‍याएको छ।

    काठमाडौंस्थित बैंकको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले कर्मचारीहरूलाई शपथ ग्रहण गराएका थिए। कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पाण्डा, प्रमुख अनुपालन अधिकृत विष्णुदेव यादवलगायत वरिष्ठ अधिकारीको उपस्थिति रहेको थियो। प्रदेश कार्यालय तथा देशभरका शाखामा कार्यरत कर्मचारीहरू भर्चुअल माध्यमबाट कार्यक्रममा सहभागी भएका थिए।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत तिवारीले बैंकको तीन दशकभन्दा लामो विरासतलाई थप सुदृढ बनाउँदै वित्तीय क्षेत्रमा अग्रणी संस्थाका रूपमा स्थापित रहन प्रत्येक कर्मचारीले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिए। उनले अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासको निरन्तर अवलम्बनले बैंकमा सुशासन, पारदर्शिता र सञ्चालन उत्कृष्टतालाई थप मजबुत बनाएको उल्लेख गरे।

    उनले कर्मचारीलाई नैतिकता, इमानदारी, नवीनता, ग्राहक–केन्द्रित सेवा र सहकार्यको संस्कृतिलाई अझ सशक्त बनाउँदै चुनौतीलाई अवसरमा रूपान्तरण गर्न सामूहिक प्रयास आवश्यक रहेको पनि बताए।

    वार्षिकोत्सवको अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत विभिन्न सामाजिक कार्यक्रमसमेत सञ्चालन गरेको छ। काठमाडौंको कमलादीस्थित प्रधान कार्यालयसहित सबै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ।

    यसै अवसरमा विराटनगरस्थित श्री लक्ष्मीनारायण वेद विद्याश्रमलाई प्रविधिमैत्री शिक्षाका लागि स्मार्ट बोर्ड हस्तान्तरण गरिएको छ भने विराटेश्वर ज्येष्ठ नागरिक मैत्री क्लिनिकलाई आर्थिक सहयोग प्रदान गरिएको छ। त्यसैगरी, वीरेन्द्रनगर शाखामार्फत श्री प्रभात माध्यमिक विद्यालय र श्री हरिदिल भूमि माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड उपलब्ध गराई प्रविधिमा आधारित शिक्षण–सिकाइ प्रवर्द्धनमा सहयोग गरिएको बैंकले जनाएको छ।

    नेपाल एसबिआई बैंकले विगत ३३ वर्षदेखि देशभर बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हाल बैंकको देशभर १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा, १२७ एटीएम तथा एक कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend