२०८३, आश्विन १९ गते

images
  • समाचार
  • लमजुङ जाँदै गरेको  गाडी दुर्घटना, चालकको...

लमजुङ जाँदै गरेको  गाडी दुर्घटना, चालकको मृत्यु

लमजुङ जाँदै गरेको  गाडी दुर्घटना, चालकको मृत्यु

शनिवार, आश्विन १९ २०८११०:१०
शनिवार, आश्विन १९ २०८११०:१०
  • images

    काठमाडौं । काठमाडौंबाट लमजुङ जाँदै गरेको हायलक्स गाडी शनिबार बिहान नुवाकोटको काफलडाँडामा दुर्घटना भएको छ । दुर्घटनामा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जना पुरुषको अवस्था गम्भीर छ ।

    बा१४च ३८५५ नम्बरको गाडी आज बिहान करिब ८ बजे टोखा–छहरे सडक खण्डबाट करिब ५०० मिटर तल खस्दा चालकको मृत्यु भएको हो । उनको सनाखत नभएको प्रहरीले जनाएको छ ।

    आज दुर्घटना भएको गाडी पनि टोखा–छहरे सडक प्रयोग गरेर काठमाडौंबाट लमजुङ जाँदै थियो । उक्त गाडी हाइड्रोपावरको भएको प्रहरीले जनाएको छ । गाडीमा ४ पुरुष र २ महिला गरी जम्मा ६ जना थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend