२०८३, आश्विन १९ गते

images
  • अर्थतन्त्र
  • पर्यटन मन्त्री र आन्दोलनरत क्याभिन क्रुबीचको...

पर्यटन मन्त्री र आन्दोलनरत क्याभिन क्रुबीचको वार्ताः रोकिएका विमान आजैबाट उडान हुने

पर्यटन मन्त्री र आन्दोलनरत क्याभिन क्रुबीचको वार्ताः रोकिएका विमान आजैबाट उडान हुने

शनिवार, आश्विन १९ २०८१०१:५८
शनिवार, आश्विन १९ २०८१०१:५८
  • images

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले चाडबाडका बेला अत्यावश्यक मानिने हवाई सेवालाई अवरुद्ध हुने गरि कुनै पनि गतिविधि नगर्न आग्रह गरेका छन् ।

    विमान परिचालकहरुको आन्दोलन पछि उडान रद्द हुँदा दुबई र हङकङका दुई वटा उडान रद्ध भएका थिए । ४५ वर्ष उमेर हदलाई हटाउन माग गर्दै आन्दोलन गरिरहेका क्याबिन क्रु (विमान परिचारक रपरिचारिका) हड्तालमा उत्रिएपपछि मन्त्री पाण्डेले आन्दोलनरत पक्ष र नेपाल एयरलाइन्सका प्रतिनिधिहरुलाई मन्त्रालयमा बोलाएर छलफल गरेका हुन् ।

    छलफलका कममा मन्त्री पाण्डेले भन, ‘निगमका कार्यरत परिचालिका र परिचालकको विषयमा सर्वोच्च अदालतले समेत दुई पटक छुट्टाछु‌ट्टै आदेश दिएको छ। उक्त विषय अदालतले अन्तिम टुंगो लगाएको छैन। यसबीचमा विनियमावली परिवर्तन गर्न मिल्छ कि मिल्दैनररु  यसबारे कानुनविद् र महान्यायाधिवक्तालाई बुझ्‌छौ। चाडबाड र संकटको अवस्थामा कुनै पनि हालतमा सेवालाई नरोकिदिनुहोस् ।’

    मन्त्री पाण्डेसँग उक्त कुरामा विमान परिचालिका एवम् परिचालकहरुले भने आजै पुनः छलफल गरि काममा फर्किने गरि टुंगोमा पुग्ने विश्वास दिलाएका छन् । 

    निगममा  कार्यरत परिचारिकारपरिचारकहरूको संस्था नेफाल वायुसेवा क्याबिन क्रु संघले ४५ वर्षपछि अनिवार्य अवकासमा जाने नियम, सेवा सुविधामा विभेद भएको भनी ०८० पुसमा सर्वोच्च अदालतमा रिट निवदेन दिएका थिए । 

    उक्त मुद्दाको किनारा लागेको छैन । निगमले ४५ वर्ष उमेर पुगेका क्याबिन क्रुको करार नवीकरण नगरेपछि असोज १६ यता उनीहरू पुनः आन्दोलनमा उत्रिएका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend