काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य सामान्य बढ्दा चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ६०० रुपैयाँले बढेको हो ।
आज सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको छ। शुक्रबार सुन प्रतितोला २ लाख ८७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ५१० रुपैयाँमा कारोबार भएको थियो।

