काठमाडौँ । नेपाली बजारमा साताको दोस्रो कारोबार दिन सोमबार सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँले घटेको हो ।
यो गिरावटसँगै आज बजारमा छापावाल सुन प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि साताको पहिलो दिन आइतबार सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, सोमबार चाँदीको मूल्य पनि तोलामा १०० रुपैयाँले ओरालो लागेको छ। महासंघका अनुसार आइतबार प्रतितोला ४ हजार ४७५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ४ हजार ३७५ रुपैयाँ कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको ह्रासका कारण स्थानीय बजारमा पनि यसको प्रत्यक्ष असर देखिएको व्यवसायीहरूले बताएका छन् ।

