२०८३, आश्विन १९ गते

images
  • समाचार
  • आधा तौलको व्यवस्था अन्त्य, बुधबारदेखि बजारमा...

आधा तौलको व्यवस्था अन्त्य, बुधबारदेखि बजारमा १४.२ किलो ग्यास

आधा तौलको व्यवस्था अन्त्य, बुधबारदेखि बजारमा १४.२ किलो ग्यास

मंगलवार, आषाढ ३० २०८३०९:३४
मंगलवार, आषाढ ३० २०८३०९:३४
  • images

    काठमाडौँ । नेपाल आयल निगमले बुधबारदेखि साविककै १४ दशमलव २ किलोग्राम ग्यास भरिएको सिलिण्डर बजारमा पठाउन निर्देशन दिएको छ ।
     
    इण्डियन आयलका विभिन्न बोटलिङ्ग प्लान्ट तथा रिफाइनरीहरुबाट एलपी ग्यासको लोलिङको अवस्थामा सुधार आएको जनाउँदै निगमले बुधबारदेखि सिलिण्डरमा १४ दशमलव २ किलो ग्यास भर्न उद्योगीलाई निर्देशन दिएको प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । 
     
    निगमले १४ दशमलव २ किलो ग्यासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० तोकेको छ । निगमले तत्कालीन अवस्थामा ग्यासको आपूर्ति र वितरण प्रणालीलाई सहज बनाउन गत फागुन २९ गतेदेखि अर्को निर्णय नभएसम्म आधा तौल (७ दशमलव १ किलो) ग्यास भएको सिलिण्डर बिक्री गर्न निर्देशन दिएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend